logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अरनिको राजमार्ग एकतर्फी सञ्चालन

अरनिको राजमार्ग एकतर्फी सञ्चालन


  • आइतबार, असोज २७ २०८१

  • धुलिखेल । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको हो ।

    सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसिभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको हो । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बिच बाटोमा नै रोकिएको थिए ।

    शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरू गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय