logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

बसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती

बसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती


  • बिहिबार, असोज २४ २०८१

  • काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो ।

    गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ ।

    सो अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ समेत गरेको छ । फूलपातीको डोलीसहित नेपाली सेनाको टोलीले मंगल धुन पनि बजाएको थियो ।

    बडा दशैंको सातौं दिन घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने त्यसैलाई फूलपाती भनिन्छ ।

    फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने चलन छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय