logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनसरीबाट ५० हजार नक्कली रुपैयाँसहित युवक पक्राउ

सुनसरीबाट ५० हजार नक्कली रुपैयाँसहित युवक पक्राउ


  • बुधबार, असोज २३ २०८१

  • काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–७ बाट प्रहरीले ५० हजार नक्कली रुपैयाँ सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय हजरूल खातुन छन् ।

    उनको साथबाट एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागु औषध नाइट्रोजन १ सय  ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको टोलीले हरिनगर–७ स्थित आरोपीको घरमा खानतलासी गर्दा नक्कली नोट र लागु औषध भेटिएको हो । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय