logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘मुटुमै गाँसेको साइनो’ सुन्दर र विनीताको अभिनय

‘मुटुमै गाँसेको साइनो’ सुन्दर र विनीताको अभिनय


  • शनिबार, असोज १९ २०८१

  • काठमाडौँ । टेक बीसीको स्वरमा रहेको ‘मुटुमै गाँसेको साइनो’ गीत सार्वजनिक भएको छ । भीम बीसीको सङ्गीत, हरिभक्त बुढाथोकीको शब्द र विश्व अधिकारीको एरेञ्ज छ । गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

    विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनीता घलान र विकाश बुढाथोकीको अभिनय छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । प्रकाश खड्काको छायाङ्कन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय