logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

मधेस सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिने

मधेस सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिने


  • शुक्रबार, असोज १८ २०८१

  • काठमाडौं । मधेस प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रीसहित प्रदेश सरकारमा सहभागी सत्तारुढ दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

    बैठकले प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिए । बाढी पहिरोबाट देशका अधिकांश ठाउँमा क्षति पुगेकाले केन्द्र सरकारलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए ।

    यस्तै बैठकले प्रदेश सरकारको विभिन्न निकायमा नियुक्त भएका कर्मचारीहरूको कामबारे अध्ययन गर्न समिति गठन गरेको छ । कर्मचारीहरूको कामबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न ४ सदस्यीय समिति गठन गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय