logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काठमाडौँको सुकेधारामा जापनिज भाषा तथा सिप विकास केन्द्रको उद्घाटन

काठमाडौँको सुकेधारामा जापनिज भाषा तथा सिप विकास केन्द्रको उद्घाटन


  • शुक्रबार, असोज १८ २०८१

  • काठमाडौँ । काठमाडौँको सुकेधारामा जापानीज् ट्रेनिङ एण्ड भोकेशनल कलेज (तोकुतेइ गिनोउ इकुसेइ) स्थापना गरिएको छ ।  यस कलेजको बिहीबार  उद्घाटन जाइका नेपाल प्रमुख माचुजाकी मिजुकीले गरेका हुन्। जापान जाने विद्यार्थी र नेपाली कामदारको संख्या बढिरहँदा भाषा र सीपयुक्त जनशक्ति निर्माण गर्ने उद्देश्यले कलेजको स्थापना गरिएको कलेजका सञ्चालक राजेन्द्र केसीले जानकारी दिए। जापान जानेलाई भाषादेखि लिएर त्यहाँ गर्ने काममा समस्या नहोस् भनेर यो कलेज स्थापना गरिएको उनले बताए ।

    सरकारसँग अनुमति लिएर र समन्वय गरेरै आफूहरूले कलेज स्थापना गरेको बताउँदै उनले आफूहरूको भाषा र सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताए । विभिन्न म्यानपावरबाट जापान जान खोज्ने कामदारहरू यो कलेजमा आएर भाषा र सिप सिक्नेछन्। यहाँबाट भाषा र सिप सिकेका जनशक्ति अन्य म्यानपावर कम्पनीमार्फत जापान जान सक्छन् ।

    विगत दुई दशकदेखि पाँच जना अनुभवी सञ्चालकहरू रमेश देवकोटा,  राजेन्द्र केसी,  महेशकुमार श्रेष्ठ, अरुण पाण्डे र अमिता खड्गी  जापानका  विभिन्न शिक्षा भाषा र सीपसँग सम्बन्धित संस्थासँग आबद्ध छन् । विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा आबद्ध पाँचै जना कलेज सञ्चालकले सुरु गरेको भाषा तथा सिप सिकाउने ट्रेनिङ सेन्टरबाट जापान जान चाहने जनशक्ति लाभान्वित हुने विश्वास गरिएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय