logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दसैँका बेला सुनको मूल्यले नयाँ रेकर्ड बनायो

दसैँका बेला सुनको मूल्यले नयाँ रेकर्ड बनायो


  • शुक्रबार, असोज १८ २०८१

  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो । दसैँको बेला सुनको मूल्य हालसम्मै उच्च बन्नुमा अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका कारण हो । इरान–इजरायल युद्धलगायतका कारण सुनको मूल्य वृद्धि भएको बताइएको छ ।

    यसअघि नेपाली बजारमा असोज ११ गते सुनको मूल्य १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यससता सुनको मूल्य घटबढ भएर कारोबार हुँदै आएकोमा बिहीबार तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

    जसअनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको हो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९८० रुपैयाँ कायम भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय