logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

घटस्थापनाको अवसर पारेर ‘द्रौपदी’ को फष्टलुक सार्वजनिक

घटस्थापनाको अवसर पारेर ‘द्रौपदी’ को फष्टलुक सार्वजनिक


  • बिहिबार, असोज १७ २०८१

  • काठमाडौंँ । फिल्म द्रौपदीको फष्टलुक सार्वजनिक गरिएको छ । घटस्थापनाको दिनको अवसर पारेर फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हिमाली भेगको गाउँमा एक युवतीले पानीको घैटो कम्मरमा बोकेको देख्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भएको फिल्म ऋषिराज आचार्यले निर्देशन गरेका हुन् ।

    फिल्ममा ऋषिराज आचार्य, आश्विनी शाही, रवि ओड,  कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ ।  रवि ओडको संगीत रहेको फिल्ममा मोहनकुमार झिल्लुको छायाङ्कन छ ।

    निर्देशक आचार्य र प्रकाश ज्ञवालीले मिलेर निर्माण गरेको फिल्ममा कथा, पटकथा, सम्वाद  र गीत समेत निर्देशन आचार्यको छ । यस फिल्मबाट आस्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाले अभिनय डेब्यु गर्दैछन् ।  फिल्मको प्रदर्शन मिति घोषणा हुन बाँकी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय