काठमाडौँ । हिट फिल्म ‘कबड्डी’ मैंया अर्थात अभिनेत्री रिश्मा गुरुङ नेपाल आएकी छन् । विसं २०७६ मा पोखराको प्रेमी सन्दीप गुरुङसँग लगनगाँठो कसेपछि अमेरिका पुगेकी गुरुङ फिल्म ‘रिमै’ अभिनयका लागि नेपाल आएकी हुन् ।‘रिमै’को कथावस्तु मन परेकोले अभिनय गर्न नेपाल आएको उनले बताइन् । ‘म फेरि फिल्ममा कमब्याक गर्न लागेको भने होइन । बिचमा क्रसरोड नामक फिल्म गरेको थिए ।
त्यो प्रदर्शनमा आउन बाँकी छ’ उनले थपिन् । रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले काम गर्न मन लागेको उनले सुनाइन् । फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल छन् । खिलबहादुर गुरुङको निर्देशन रहने ‘रिमै’ वीरबहादुर घलेले निर्माण गर्न लागेका हुन् ।
फिल्मको छायाङ्कन असोज २८ गतेदेखि गोरखाको सिरानचोकबाट छायाङ्कन सुरु गरिने निर्देशक गुरुङले बताए । फिल्ममा रिश्मा, दयाहाङ, सौगातको अलवा कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहने छ । फिल्मको लेखन उपेन्द्र सुब्बाले गरेका हुन् ।