logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित

नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित


  • शनिबार, असोज १२ २०८१

  • काठमाडौँ । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ ।  विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई सम्मानित गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुणकुमार चौधरी तथासचिव डा.गणेश प्रसाद पाण्डेयको समुपस्थितीमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले उक्त सम्मानपत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरे ।

    निगमले १ अगष्ट, २०२३ देखि ३१ अगष्ट, २०२४ को अवधिमा सबैभन्दा बढि विदेशी मुद्रा १० करोड ८० लाख ४० हजार ८ सय ७६ अमेरिकी डलर आर्जन गरि देशमा विदेशी मुद्रा सञ्चिती बढाउन उल्लेखनीय योगदान पुर्याएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।  आगामी दिनमा पनि आफ्नो कारोबार बढाई राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्दै जानेमा निगमले विश्वास लिएको  छ । निगमले यस्ता सम्मानबाट निगमको व्यापारलाई बढाउन अझै हौसला मिलेको पौडेलको विज्ञप्तिमा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय