logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काठमाडौँमा दसैँको सुरक्षामा कुकुर र ड्रोन प्रयोग गरिँदै

काठमाडौँमा दसैँको सुरक्षामा कुकुर र ड्रोन प्रयोग गरिँदै


  • शुक्रबार, असोज ११ २०८१

  • काठमाडौँ । दसैँ र तिहारको सुरक्षामा काठमाडौँमा प्रहरीले तालिमप्राप्त कुकुर ड्रोन परिचालन गर्ने भएको छ । चाडपर्व अवधिभर १५ दिनमा कम्तीमा १२० ठाउँमा तालिमप्राप्त कुकुर परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । उनले भने– ‘रुटिन बनाएर तथा आवश्यकता अनुसार कुकुर प्रयोग गरेर चेकजाँच गर्छौं ।’

    त्यस्तै, बसपार्क र भिडभाड हुने ठाउँमा ड्रोनको प्रयोग गरेर प्रहरीले सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ भित्रिने नाका, बसपार्क र भिडभाड क्षेत्रमा ड्रोन प्रयोग गर्ने गरी सुरक्षा योजना लागु गरिएको एसएसपी रजौरेले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय