logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अखिल क्रान्तिकारीसँग हातेमालो गर्न नेविसंघ तयार छ : अध्यक्ष शेर्पा

अखिल क्रान्तिकारीसँग हातेमालो गर्न नेविसंघ तयार छ : अध्यक्ष शेर्पा


  • बिहिबार, असोज १० २०८१

  • काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल(क्रान्तिकारी)सँग हातेमाले गर्न तयार रहेको बताएका छन् ।

    बिहीबार त्रिभुवन विद्यालयमा आयोजित क्रान्तिकारीको २३औँ सम्मेलनमा शुभकामना मन्तव्य दिँदै उनले जुनसुकै तहमा हुने भागबन्डा अन्त्य गर्न सहकार्य हुने बताए । विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गर्न ठुलो चुनौती रहेकोले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

    ‘अहिले विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गराउन निकै चुनौती रहेको छ । जुनसुकै तहमा हुने दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छ । विचार र सिद्धान्त फरक भएपनि राष्ट्रियता, लोकतन्त्र, देशको सुरक्षाका लागि हामी एक ठाउँमा छौँ’, उनले भने ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय