logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चलचित्र ‘ज्वाइँ साब’को क्लाइमेक्स दृश्य टिकटकमा सार्वजनिक

चलचित्र ‘ज्वाइँ साब’को क्लाइमेक्स दृश्य टिकटकमा सार्वजनिक


  • बिहिबार, असोज १० २०८१

  • काठमाडौँ । फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ। साे दृश्य त्रिभुवन विमानस्थलमा सुटिङ गर्ने बेलाको हो।

    सुटिङका बेला दर्शकले भिडिओ खिँचेर टिकटकमा सार्वजनिक गरेको निर्माण टिमले बताएकाे छ । कमेडी जनरामा बनेको फिल्मको त्यो भावुक दृश्यले दर्शकहरुको ध्यान तानिरहेको छ। १५ सेकेण्ड लामो दृश्यमा जितु नेपाल र नीति शाहलाई देख्न सकिन्छ। जितु बच्चा च्यापेर विदेशतिर जान लागेको देखिन्छ भने नीति राष्ट्रिय झण्डा च्यापेर जितुलाई बिदाई गरिरहेकी छिन् ।

    यो फिल्मबाट निरौला लामो समयको अन्तरालपछि निर्देशनमा फर्किएका हुन् । यस फिल्मको टिजर र गीत चर्चामा छन्। फिल्ममा जितु र नीतिसहित हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’ लगायतका अभिनय छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय