logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बुवालाई कुटेर हत्या गरेको आरोपमा छोरा पक्राउ

बुवालाई कुटेर हत्या गरेको आरोपमा छोरा पक्राउ


  • बुधबार, असोज ९ २०८१

  • काठमाडौँ । सिराहामा आफ्नो बुवालाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले मृतकको छोरालाई पक्राउ गरेको छ । औरही गाउँपालिका वडा नम्बर–३ खजनपुर घर भएका ३८ वर्षीय शैलेन्द्र्रकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

    असोज ७ मा उनको ६५ वर्षीय बुवा भालेश्वर यादवको हत्या गरेका हुन् । जेठो छोरा शैलेन्द्र र ३५ वर्षीय बुहारी रेणुकुमारी यादवले घरायसी विवादमा कुटेर भालेश्वरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

    कुटपिटबाट गम्भीर घाइते भएका भालेश्वरको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । पोस्टमार्टम पछि शव परिवारले जिम्मा लिएका छन् । शैलेन्द्रलाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय