logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अर्थमन्त्रीले चिनियाँ उपप्रधानमन्त्रीसँग भने- पोखरा र भैरहवा विमानस्थल चलाउन सघाउनुस्

अर्थमन्त्रीले चिनियाँ उपप्रधानमन्त्रीसँग भने- पोखरा र भैरहवा विमानस्थल चलाउन सघाउनुस्


  • बुधबार, असोज ९ २०८१

  • काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । भेटमा दुई देशबिचको आपसी हित र सहयोगबारे छलफल भएको छ ।

    अर्थमन्त्री पौडेलले चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान गर्न आग्रह गरेका छन् ।  भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने बताए ।

    उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा– छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई सघाउन अनुरोध गरे ।

    भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र काम अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय