logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौँ उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्मलाई कारबाही

काठमाडौँ उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्मलाई कारबाही


  • सोमबार, असोज ७ २०८१

  • काठमाडौँ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । चाडपर्वलक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौँ भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यावसायिक फर्म एवं किराना पसलहरूलाई कारबाही गरेको हो ।

    अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तीजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसलहरूलाई न्यूनतम पाँच हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टीकरण सोधिएको वाणिज्य विभागले उल्लेख गरेको छ । कारबाहीमा परेका पसलहरूमा नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेको पाइएकाले नगद कारबाहीदेखि कागजात मगाउने र निर्देशन दिएको विभागले उल्लेख गरेको छ ।

    विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ । काठमाडौँ उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको विभागको भनाई छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय