logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

‘छ नि माया’ गीत रेकर्ड गर्दै ‘रङ्गी’को निर्माण थालनी

‘छ नि माया’ गीत रेकर्ड गर्दै ‘रङ्गी’को निर्माण थालनी


  • शुक्रबार, असोज ४ २०८१

  • काठमाडौँ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रङ्गी’को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौँको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको गीतमा आनन्द कार्की र सुजता केसीले स्वर दिए ।

    गीतमा दुर्गेश थापाको गीत, सङ्गीत र एरेन्ज छ । गीतमा विमल छिनलको मिक्सिङ तथा मास्टरिङ छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा  पूर्व मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्दै छिन् । फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् ।

    बाबु छोरीको कथामा निर्माण हुन लागेका फिल्मका निर्माता सक्षम सुवेदी हुन् । फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामाको छायाङ्कन रहनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय