logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ

गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ


  • सोमबार, भाद्र ३१ २०८१

  • काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित बुद्ध चोकबाट प्रहरीले ६ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।

    पक्राउ पर्नेमा  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएर माकलबारी बस्ने ३० वर्षीय विनोद तामाङसहित ६ जना छन् । घटनास्थलबाट प्रहरीले ६२ हजार ४ सय नगद र  ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय