logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

खैरो हेरोइनसहित कैलालीबाट ४ जना पक्राउ

खैरो हेरोइनसहित कैलालीबाट ४ जना पक्राउ


  • आइतबार, भाद्र ३० २०८१

  • काठमाडौँ । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–३ स्थित चटकपुरबाट ४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई खैरो हेरोइन कारोबार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले  बताए ।

    पक्राउ पर्नेमा टिकपुर घर भएका २४ वर्षीय सुमित थारु, कञ्चनपुर घर भएका ३२ वर्षीय तेज भट्टराई, २७  वर्षीय  अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का छन् । उनीहरूको साथबाट २ ग्राम ६१ मिलिग्राम लागुऔषध खैरो हेराइन बरामद गरिएको डीएसपी बोहराले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय