logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लुम्बिनी सभाको बैठक बस्दै

लुम्बिनी सभाको बैठक बस्दै


  • आइतबार, भाद्र ३० २०८१

  • काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । सभामा प्रस्ताव पेस  भएपछि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने गरी निर्णयार्थ प्रस्तुत  गरिने जनाइएको छ ।

    २०८० असारको २२ गते प्रदेश सभामा पेस भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए। यस्तै बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची समेत प्रदेश सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय