logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एनपीएलमा ८ वटै टिमले पाए मार्की प्लेयर

एनपीएलमा ८ वटै टिमले पाए मार्की प्लेयर


  • शनिबार, भाद्र २९ २०८१

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको छ ।

    नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।

    जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

    सबै मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउनेछन् ।

    एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय