logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दयाहाङ र आँचलको ‘दुखी आत्मा’को सुटिङ सुरु

दयाहाङ र आँचलको ‘दुखी आत्मा’को सुटिङ सुरु


  • बिहिबार, भाद्र २७ २०८१

  • काठमाडौँ । दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहने फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन, निर्देशन रहेको फिल्म राजधानीका विभिन्न स्थानमा खिचिनेछ । सुटिङ सुरुसँगै ‘दुखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्बिर बाहिरिएको छ ।

    हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतको अभिनय रहनेछ ।  पूरा फिल्म काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिए । निर्माता कडरियाले आफूहरूले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

    निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क कृयसन्सको ब्यानरमा बन्ने  ‘दुखी आत्मा’ सोसियल कमेडी फिल्म हो । आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन म्यानेजर सुदीप ढकाल हुन् । फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय