logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

‘होस्टेल ३’ मा परीक्षाको इन्ट्री

‘होस्टेल ३’ मा परीक्षाको इन्ट्री


  • बिहिबार, भाद्र २७ २०८१

  • काठमाडौंँ । फिल्म ‘होस्टेल ३’मा अभिनेत्री परीक्षा लिम्बू भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा उनलाई अनुबन्धित गरेको हो । फिल्ममा परीक्षाको अलवा आर्यन सिग्देल पनि भित्रिएका छन् । आर्यन र परिक्षाले यस अगाडि फिल्म ‘पूजार सार्की’ एकसाथ अभिनय गरेका थिए । फिल्ममा आर्यन होस्टेलको ‘वार्डेन’ को भूमिकामा देखिने छन् भने परीक्षाको भूमिका अहिले गोप्य राखिएको छ ।

    फिल्मका निर्देशक सशान कँडेल हुन् ।  भदौ अन्तिमबाट छायाङ्कन सुरु हुन लागेको फिल्ममा पारसबम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली लगायतको पनि अभिनय रहनेछ ।

    फिल्मको प्रदर्शन मिति आगामी फागुन १६ गतेतय भएको छ । फिल्ममा माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको छ भने कथा निर्देशक कँडेलको हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मसँगको सहकार्यमा निर्माण हुन लागेको ‘होस्टेल ३’ को कार्यकारी निर्मातामा शङ्कर कोइराला हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय