logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने


  • मंगलबार, भाद्र २५ २०८१

  • काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिएका हुन् ।

    आइएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय