logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उपसभामुख हटाउने विषयमा माओवादीले गर्‍यो खबरदारी

उपसभामुख हटाउने विषयमा माओवादीले गर्‍यो खबरदारी


  • मंगलबार, भाद्र २५ २०८१

  • काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसको प्रतिवाद गरेका हुन् ।

    उनले यथार्थ विषय के हो भनेर स्पष्ट पार्न अनुरोध गरे । ‘उपसभामुख रानालाई पदबाट हटाउने कुरा हेरियो । यो सत्य हो भने माओवादी यसको प्रतिवाद र विरोध गर्दछ‚’ उनले भने।

    यस्तै माओवादी सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी गरे । उनले भने‚‘हामी खबरदार गर्न चाहान्छौँ यस्ता कदम नचालियोस् ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय