logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पत्नीको हत्या आरोपमा युवक पक्राउ

पत्नीको हत्या आरोपमा युवक पक्राउ


  • मंगलबार, भाद्र २५ २०८१

  • काठमाडौँ । ललितपुरको धापाखेलमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिप्रुङचुङ्ग गाउँपालिका–७ घर भएर ललितपुर बस्ने भक्तिराज राई छन् ।

    भदौ १२ मा भक्तिराजकी पत्नी ३५ वर्षीय शशिकला राई धापाखेल स्थित डेरामा मृत भेटिएकी थिइन् । उनलाई पतिले हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

    धापाखेल स्थित नखुडोलमा पत्नीसँगै बस्दै आएका भक्तिराजलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय