logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चट्याङ लागेर बालक र शिशुको मृत्यु

चट्याङ लागेर बालक र शिशुको मृत्यु


  • सोमबार, भाद्र २४ २०८१

  • काठमाडौँ । मोरङ र जुम्ला जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको सुनबर्षी नगरपालिका-९ मुस्लिम टोल बस्ने हमिद आलमको छोरा ११ वर्षीय सोफियन आलम मियाँको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ । घर पछाडि रहेको रूखमुनि खेलिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस्तै, जुम्लाको तातोपानी गाउँपालिका-७ बस्ने २१ वर्षीया कौशिला रावलकी ९ महिने छोरीको चट्याङ लागेर आइतबार राती मृत्यु भएको छ । सोही गाउँपालिका-७ स्थित थुमलचौर पाटनमा कौशिलाले उनलाई भेडा गोठालो लिएर गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

    साथै चट्याङ लागेर घाइते भएकी कौशिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  उता कञ्चनपुरको बेदकोट नगरपालिका-५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको साउन्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय