logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘तामाङ ह्वाइ काई’ पुस्तक विमोचन, गुन्जियो सेलो र म्हेन्दोमाया

‘तामाङ ह्वाइ काई’ पुस्तक विमोचन, गुन्जियो सेलो र म्हेन्दोमाया


  • सोमबार, भाद्र २४ २०८१

  • तामाङ मौलिक बाजा डम्फुको बजाउने तरिका, डम्फुमा बज्ने तालहरूको परिचयको संगालो दोस्रो कृती ‘तामाङ ह्वाइ काई’ पुस्तक विमोचन लोकपूर्णसँगै साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।

    शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रम आयोजना गरी सो पुस्तक विमोचन र तामाङ मौलिक भाकाहरूको मौलिक बाजा डम्फु, टुङ्ना, बाँसुरी र स्याङ्संगै प्रत्यक्ष प्रस्तुति रहेको थियो ।

    शुभ सङ्गीत पाठशाला प्रा. लि. को प्रकाशन र आयोजनामा भएको कार्यक्रममा हरिवन नगरपालिकाका उपमेयर श्रीमती हरिमाया घलानले सङ्गीत र यसको मौलिकतालाई हामीले संरक्षण संवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताएकी छन् ।

    सङ्गीतभित्र मौलिकताको खोजसँगै सङ्गीतको माध्यमबाट तामाङ भाषा, भेषभूषा, संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पाठशालाका अध्यक्ष एवं गायक शुभलाल घलानले बताए ।

    कार्यक्रममा सङ्गीतकार तथा गायक चन्द्रकुमार दोङ, लेक योन्जन, विगेन्द्र वाइबा लगायतको उपस्थिति रहेका थिए ।

    कार्यक्रममा गायकद्वय चन्द्रकुमार मोक्तान र लेक योञ्जनलाई सम्मान गरेका थिए ।

    कार्यक्रममा पुस्तकको शीर्षक ‘तामाङ ह्वाइ काई’ को अर्थ र यसको पृष्ठभूमि बारे चर्चा गरेका थिए । ‘यो पुस्तक तामाङ समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदाको खोजीमा आधारित छ’ उनले भने -‘यसले केवल हाम्रो समुदाय मात्र नभई, समग्र नेपाली समाजलाई सोच्न र सम्झन प्रेरित गर्ने छ।’

    तामाङ समुदायको भाषा, संस्कार, संस्कृतिलाई पुनः जीवित गर्न र यसलाई युवा पुस्तामा स्थानान्तरण गर्ने प्रयास स्वरूप यो पुस्तक तयार गरिएको शुभ तामाङले जानकारी दिए ।

    कार्यक्रममा सेलो, म्हेन्दोमाया, डम्फु लगायतका गीतहरू प्रस्तुति भएको थियो । तामाङ सेलो र म्हेन्दोमाया भनेको तामाङ समुदायका लोकगीत र नृत्यको महत्त्वपूर्ण पक्ष हुन्, जसले तामाङ जातिको भावनात्मक, सामाजिक, र सांस्कृतिक जीवनलाई प्रतिविम्बित गर्छ।

    कार्यक्रममा तामाङ समुदायमाथि दविएर राखेको सम्बन्धी पिपाको हुँकार नाचक मन्चन गरिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय