logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बैंकहरूबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकहरूबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक


  • आइतबार, भाद्र २३ २०८१

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको १ खर्ब तान्ने भएको छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।

    २१ दिनका लागि तान्न लागेको उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते गर्ने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ ।

    बैंकहरूले घटीमा १० करोड रुपैयाँ राख्ने गरी अनलाइन फारम भर्न पाउने छन् । बैंकहरूमा अहिले ७ खर्बभन्दा बढी रकम कर्जा लगानीका लागि छ । तर कर्जाको माग नभएपछि बजारको सन्तुलन कायम गर्न राष्ट्र बैंकले बेलाबेला निक्षेप खिच्दै आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय