logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आयो ग्रीष्माको ‘उत्ताउलो जवानी’

आयो ग्रीष्माको ‘उत्ताउलो जवानी’


  • आइतबार, भाद्र १६ २०८१

  • काठमाडौँ । म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ सार्वजनिक गरिएको छ ।

    वरिष्ठ संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । गायिका अन्नु चौधरी र संगीतकार स्वयं सिडि विजय अधिकारीको स्वर रहेको गीतको भिडियोमा सागर लम्साल ‘बले’, अलिसा शर्मा र ग्रीष्मा पौडेल लगायतले अभिनय गरेका छन् ।

    कथानक चलचित्रहरूमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको गीतले दर्शकहरूको मन सजिलै जित्न सकिने विश्वास निर्देशक बबिता श्रेष्ठले लिएकी छन् । नृत्य निर्देशन रोशन विश्वकर्मा, शब्द सुजन कोइराला, संगीत सिडि विजय अधिकारीको रहेको गीतको भिडियो उत्तम हुमगाईंले खिचेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय