logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बारामा मोटरसाइकल दुर्घटनाबाट एक युवकको मृत्यु

बारामा मोटरसाइकल दुर्घटनाबाट एक युवकको मृत्यु


  • शुक्रबार, भाद्र १४ २०८१

  • काठमाडौँ । बारामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादव रहेका छन् ।  प्रहरीका अनुसार गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया–१६ को उत्तर झिटकैयामा अनियन्त्रित भई पल्टिएको थियो ।

    उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार घटना राती भएको हो तर स्थानीयले बिहान खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको हो । मृतकको शवको सनाखत भइसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय