logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ओली नेतृत्वको सरकार नाङ्गिसक्यो : सुदन किराँती

ओली नेतृत्वको सरकार नाङ्गिसक्यो : सुदन किराँती


  • बुधबार, भाद्र १२ २०८१

  • काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले वर्तमान केपी शर्मा ओलीको सरकार नाङ्गिसकेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बादशाह नाङ्गिएको कथा सुनाउँदै अहिलेको सरकार पनि सोही अवस्थामा पुगिसकेको आरोप लगाए ।

    ‘सरकारको कमजोरी औँल्याउँदा हनिमुन मनाउन दिएन भन्छन् । परिस्थिति हेर्दा हनिमुन मनाउने छूट छैन‚’ उनले भने‚ ‘सरकारको मन पोल्दैन भने राष्ट्रघाती र जनघाती काम गरेर हैन नगरेर हनिमुन मनाउनुपर्‍यो ।’उनले जादुमयी ढङ्गबाट बनेको सरकार जन्मँदै आफ्नै कारणले धेरै प्रश्न जन्मिएको र यसले जनतामा आक्रोश बढाएको उल्लेख गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय