logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विश्वविद्यालयको नीति कार्यक्रममा हस्तक्षेप भएकोप्रति प्रचण्डको आपत्ति

विश्वविद्यालयको नीति कार्यक्रममा हस्तक्षेप भएकोप्रति प्रचण्डको आपत्ति


  • मंगलबार, भाद्र ११ २०८१

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय व्यवस्थित हुँदै गएको त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन् ।
    प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयमा गर्नुपर्ने काम नगरेको तर नगर्नुपर्ने काममा सरकार लागेको टिप्पणी गरे ।

    ‘अहिले हाम्रो समग्र शिक्षा प्रणाली प्रश्नैप्रश्नले घेरिएको छ । ठूलो आर्थिक, शैक्षिक र सामाजिक असन्तुलन आउने गरी विदेशमा उच्च शिक्षा पढ्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढेको छ’– अध्यक्ष प्रचण्डले भने– ‘राजनीतिक भागबन्डाबाट थिलोथिलो भएको उच्च शिक्षामा सुधार ल्याउन प्रधानमन्त्रीका रुपमा मैले पदाधिकारीहरुको नियुक्तिमा मेरिटोक्रेसी सुरु गरेँ । त्रिभुवन विश्वविद्यालयमा त्यसका प्रारम्भिक परिणामहरु आउँदै थिए । शैक्षिक क्यालेन्डर कार्यान्वयन हुँदै थियो ।’

    केही हप्ताअघिको उत्साहजनक उदाहरण दिंदै उहाँले मानविकी तथा सामाजिक संकायअन्तर्गतको एउटा विषयको परीक्षाफल परीक्षा सकिएको चार दिनमै प्रकाशन गरेको र अब विश्वविद्यालय सबै परीक्षाको नतिजा बढीमा सय दिनभित्रै सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय