logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रामप्रसाद खनालको ‘मौलिक र सन्देश मूलक तिज गीत’ सार्वजनिक

रामप्रसाद खनालको ‘मौलिक र सन्देश मूलक तिज गीत’ सार्वजनिक


  • मंगलबार, भाद्र ११ २०८१

  • काठमाडौँ । वरिष्ठ लोकगायक रामप्रसाद खनालको तिज गीत ‘मौलिक र सन्देश मूलक तिज गीत’ सार्वजनिक भएको छ । मौलिक दोहोरी शैलीमा तयार गीतमा रामप्रसाद खनाल, राजु परियार, नवीन पौडेल, कमला पोखरेल , प्रतिमा विश्वकर्मा, मिना लामा, मञ्जु बिक, यमप्रसाद न्यौपाने, दीपिका लगायतको स्वर रहेको छ ।

    बिदेसिएका युवा र उसका बाबुआमाको पीर र समस्या देखि सामाजिक सञ्जालसम्मको प्रभावसम्मका विषय गीतमा उठाइएको छ । गीतको शब्द तथा सङ्गीत रामप्रसाद खनालले लेखेका हुन् । गीतमा पत्रकार घर बिगार्ने र कलाकार चर्चितकला देखाउने व्यक्तिका रूपमा उल्लेख गरिएको छ । गीतको एरेन्ज पनि रामप्रसाद खनालले नै गरेका हुन् ।

    गतिको भिडियो पनि बनेको छ । रामप्रसाद खनालकै निर्देशन रहेको भिडियो छायाङ्कन तथा सम्पादन तारकान्त बिकेले गरेका हुन् । भिडियोमा गायक गायिकालाई लाइभ दोहोरी शैलीमा गीत गाउँदै गरेको देखाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय