logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललितपुरबाट लागु औषध ट्रामाडोलसहित ४ जना पक्राउ

ललितपुरबाट लागु औषध ट्रामाडोलसहित ४ जना पक्राउ


  • सोमबार, भाद्र १० २०८१

  • काठमाडौँ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित तिमल्सिना चोकबाट लागु औषध ट्रामाडोल सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी–६ स्थित सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका–७ बस्ने ३५ वर्षीय पदम लामा र महालक्ष्मी नगरपालिका–९ बस्ने २९ वर्षीय अमुल पोखरेल छन् ।

    आइतबार साँझ उनिहरुलाई तिमल्सिना चोक स्थित चियाचु क्याफेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट लागु औषध ट्रामाडोल ७० पत्ता र खुकुरी  एक थान बरामद गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय