logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ : मोदी

सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ : मोदी


  • आइतबार, भाद्र ९ २०८१

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने बताएका छन् । आइतबार लेखा समितिको बैठकमा बोल्दै उनले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने भन्दै यसमा किन्तु परन्तु केही नभएको बताएका हुन् ।

    यसअघि समितिको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समिति सभापति विपक्षी दलको हुने एमालेलाई थाहा भएको बताएका थिए । ७९ को निर्वाचन सभापति चयन गर्दा दलहरूबिच सहमतिमा बाँडफाँट भएको भन्दै पुनः अर्को सहमति भए एमालेले लेखा समिति सभापति छाड्ने बताएका थिए ।

    त्यसको जवाफमा मोदीले भने, ‘एमाले सरकारबाट निस्किएपछि प्रतिपक्षका सांसदका रूपमा ऋषिकेश पोखरेललाई सभापति दिएको हो । एउटा कालखण्डमा कसैले अपराध गल्ती गर्‍यो भने त्यसरी नै जाने हो त ?’सांसद मोदीले लोकतन्त्रमा सबैभन्दा सुन्दर पक्ष गल्ती दोहोर्‍याउने भन्दा सच्याउने रहेको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय