logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

जग्गा अभावका कारण तत्काल इन्धन भण्डारण स्थानान्तरण गर्न सकेनौँ : भट्ट

जग्गा अभावका कारण तत्काल इन्धन भण्डारण स्थानान्तरण गर्न सकेनौँ : भट्ट


  • आइतबार, भाद्र ९ २०८१

  • काठमाडौँ । नेपाल आयल निगमका चण्डीकाप्रसाद भट्टले जग्गा अभावका कारण तत्काल  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारण स्थानान्तरण गर्न नसकेको बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभिक्ता हित समितिमा बोल्दै यस्तो बताएका हुन् ।‘हामी तयारी अवस्थामा छौँ तर जग्गा पाइरहेका छैनौँ। डीपीआर बनाउने काम अगाडि बढाएका छौँ,’ भट्टले भने, ‘जग्गा उपलब्ध नभएका कारण काम अघि बढाउन सकिएन ।’

    संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले बनाएको हवाई उड्ययन सुरक्षा योजनामा उद्योग तथा वाणिज्य मन्त्रालयसँगको सहकार्यमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्तल परिसरभित्र रहेको सिनामंगलस्थित इन्धन भण्डारण डिपोलाई १ वर्षभित्र अन्यत्र स्थानान्तरण गरिसक्ने प्रतिवद्धता जनाइएको थियो । उक्त प्रस्तावित योजना गत साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत समेत गरिसकेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय