logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न टिचिङ अस्पताल पुगिन् भारतीय राज्यमन्त्री खड्से

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न टिचिङ अस्पताल पुगिन् भारतीय राज्यमन्त्री खड्से


  • शनिबार, भाद्र ८ २०८१

  • काठमाडौँ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेकी छिन् ।

    दुर्घटनाबारे बुझ्न उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आज बिहान काठमाडौँ आइपुगेकी हुन् । उनी विमानस्थलबाट सिधै अस्पताल पुगेकी हुन् ।

    उनीसँगै नेपाल सरकारका गृहमन्त्री रमेश लेखक पनि अस्पताल पुगेका छन् ।

    मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो ।

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।

    सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

    यो बस पोखराबाट काठमाडौँ जाँदै थियो । राजधानी काठमाडौँबाट ११८ किलोमिटर टाढा नेपालको तनहुँ जिल्लामा यो दुर्घटना भएको थियो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय