logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु

तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु


  • शुक्रबार, भाद्र ७ २०८१

  • काठमाडौँ । तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।

    उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए ।  शुक्रबार तनहुँस्थित मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खसेको थियो ।

    घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको प्रवक्ता थापाले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय