logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

रुपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

रुपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु


  • बिहिबार, भाद्र ६ २०८१

  • काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु२ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।

    ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय