logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

समीक्षाले ल्याइन् नयाँ गीत ‘के हेरेको टुलुटुलु’

समीक्षाले ल्याइन् नयाँ गीत ‘के हेरेको टुलुटुलु’


  • बुधबार, भाद्र ५ २०८१

  • काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलुटुलु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज छ । गीतको भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोमा आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई देखाइएको छ ।

    भिडियोमा तीनै जना कलाकारलाई रोमान्टिक भावमा देख्न सकिन्छ । रोमान्टिक भावको गीतको भिडियोमा गायिका समीक्षा पनि फिचर्ड छिन् । गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुभम भुजेलको कोरियोग्राफी छ । भिडियो समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय