logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

शान्ति सम्झौताका लागि दबाब दिन इजरायल पुगे अमेरिकी विदेशमन्त्री

शान्ति सम्झौताका लागि दबाब दिन इजरायल पुगे अमेरिकी विदेशमन्त्री


  • सोमबार, भाद्र ३ २०८१

  • काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको प्रयासका लागि इजरायल पुगेका छन् । गत अक्टोबरमा इजरायल र हमासबिच युद्ध सुरु भएपछि ब्लींकन इजरायल पुगेको यो नवौँ पटक हो ।

    उनको यात्राको केही दिनअघि अमेरिकाले इजरायल र हमासबिच शान्ति स्थापित गर्न नयाँ संशोधित प्रस्ताव पेस गरेको थियो । गत हप्ता दोहामा शान्ति स्थापनाका लागि भएको छलफलका दौरान अमेरिकाले युद्धविरामको सम्झौतामा आशा व्यक्त गरेको थियो ।

    यद्यपि, हमासले भने युद्धविरामको सम्झौताको प्रयासलाई ‘छल’ को संज्ञा दिएको छ । हमासले इजरायली सेना गाजा पट्टीबाट पूर्णरुपमा हट्नुपर्ने माग गरिरहेको छ । आफ्नो यात्राको क्रममा ब्लींकनले सम्झौताका लागि इजरायली सरकारमाथि दबाब दिन सक्ने आकलन गरिएको छ ।

    अमेरिकाले अर्को हप्तासम्म दुई पक्षबिच सम्झौता हुने आशा व्यक्त गरेको छ । यद्यपि, यस विषयमा हमास र इजरायल दुवै पक्षबाट सकारात्मक प्रतिक्रिया आएको छैन । -बीबीसी


    सम्बन्धित समाचार थप

    लोकप्रिय