logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सवारी लाइसेन्स प्रदेशमै छाप्ने तयारी

सवारी लाइसेन्स प्रदेशमै छाप्ने तयारी


  • आइतबार, भाद्र २ २०८१

  • काठमाडौँ । सरकारले प्रदेश तहमै सवारी लाइसेन्स छाप्ने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले महिना दिनको कार्यविवरण प्रस्तुत गर्दै प्रदेश तहमै सवारी लाइसेन्स छाप्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

    ‘आइडी कार्डजस्तै गरी लाइसेन्समा एउटा फोटो र क्युआर राखेर छाप्न ट्राफिक प्रहरीसमक्ष पनि कुरा राखेका छौँ । यस्तै बाक्लो कागज र केन्द्रीय तहमा डाटा रहने गरी प्रदेश तहमा लाइसेन्स छाप्ने तयारी छ’ उनले भने । यातायात कार्यालयमा भएको भिड लाइसेन्सकै कारण भएकाले अब हट्ने उनको भनाई छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय