logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त


  • आइतबार, भाद्र २ २०८१

  • काठमाडौँ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम दोलखा तामाकोशी गाउँपालिका–३ का काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्ताको शपथ ग्रहण भदौ ५ गते हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय