logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धरानमा जुवातास खेलिरहेका ८ जना पक्राउ

धरानमा जुवातास खेलिरहेका ८ जना पक्राउ


  • मंगलबार, साउन २९ २०८१

  • काठमाडौँ । धरानको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका सोही उपमहानगरपालिका-१६ बस्ने ४९ वर्षीया प्रमिला योङदेनसमेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार १० रुपैयाँ, १५ थान कौडा र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय