logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

विदेश जाने मात्र होइन, स्वदेश फर्किनेको सङ्ख्या नि उच्च छ : उपमेयर डङ्गोल

विदेश जाने मात्र होइन, स्वदेश फर्किनेको सङ्ख्या नि उच्च छ : उपमेयर डङ्गोल


  • सोमबार, साउन २८ २०८१

  • काठमाडौँ ।  काठमाडौँ  महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरू बिदेसिने सङ्ख्यासँगै स्वदेश फर्किनेको सङ्ख्या पनि उत्तिकै बढेको बताएकी छन् । आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरूका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।

    उनले  भनिन्, ‘बिदेसिने  युवाहरूको  जमात  बढ्दो  छ । सँगसँगै विदेशबाट  स्वदेश फर्किने युवाहरूको पनि बाक्लो छ । युवाहरू विदेशबाट फर्किँदा पुँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’साथै उनले युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरूको  लागि व्यवहारिक योजनाहरू पनि ल्याउनुपर्ने बताइन् ।

    उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् । उनले  भनिन्, ‘धेरै जना युवाहरू उच्च शिक्षाको  लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो  समय यो सपना युवाको मात्र होइन एउटा परिवार, समाजको  पनि सपना भइसकेको छ । त्यसैले क्रियाकलापलाई हामीले रोक्न जरुरी छ ।’

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय