logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

झापाको दमकबाट एकजना युवक पक्राउ

झापाको दमकबाट एकजना युवक पक्राउ


  • सोमबार, साउन २८ २०८१

  • काठमाडौँ । झापाको दमकबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ घर भएका ३६ वर्षीय सञ्जिव गजमेर छन् ।

    सोमबार दमक नगरपालिका–५ मा को।३८ प ५६४९ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको अगाडीपट्टि लुकाएर राखेको अवस्थामा पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

    आरोपीको साथबाट प्रहरीले ‘मेड इन इटली’ लेखिएको पेस्तोल र सो पेस्तोलमा लाग्ने दुईथान म्याग्जिन बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय