logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

निराशालाई चिर्ने गरी काम गर्छौंः उपप्रधानमन्त्री सिंह

निराशालाई चिर्ने गरी काम गर्छौंः उपप्रधानमन्त्री सिंह


  • शनिबार, साउन २६ २०८१

  • काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् ।

    आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्ने बताए ।

    अहिलेको सरकार विशिष्ट अवस्थामा बनेको बताउँदै उनले राजनीति निकास र आर्थिक विकासका लागि काम गर्ने बताए ।

    आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले मतदाताकै चाहनाअनुसार काम गर्ने बताए ।

    उनले केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकाले त्यसलाई रोक्ने गरी काम गर्नुपर्ने बताए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय