logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


  • शनिबार, साउन २६ २०८१

  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

    बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।

    साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे जानकारी गराएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय