logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

यम बरालले सार्वजनिक गरे नयाँ गीत ‘बाख्रा करायो’

यम बरालले सार्वजनिक गरे नयाँ गीत ‘बाख्रा करायो’


  • शुक्रबार, साउन २५ २०८१

  • काठमाडौँ । गायक यम बरालले नयाँ गीत ’बाख्रा करायो’ ल्याएका छन् । लोकदोहोरी शैलीको यो गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । गीतमा डीपी खनालको शब्द र यम बरालकै संगीत छ । गीतको भिडियोमा प्रेमिकालाई फकाउन प्रेमीले गरेको भूमिका रमाइलो ढंगमा देखाउन खोजिएको छ ।

    भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना राना मगरको अभिनय छ ।  केशवराज भट्टले निर्देशन रहेको भिडियोमा विशाल थापाको छायांकन र दिप्सन शाहको सम्पादन छ । ‘बाख्रा करायो’ गीत पछिल्लो समयको सांगीतिक माहोल अनुसारको रहेको गायक यम बरालले बताए ।

    ‘अहिलेको सांगीतिक माहोलअनुसार पनि चल्न सक्नुपर्ने रहेछ,’ उनले भने, ‘धेरैले मलाई सांगीतिक उपस्थिति अलि पातलो भयो भन्ने गुनासो गर्नुहुन्छ । अब सक्रिय ढंगले लाग्नेछु ।’ ‘बाख्रा करायो’लाई गायक बरालले ‘ओएसआर डिजिटल’ युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय